
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर २१ हजार पाँच सय ८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।