
जापान । जापानमा शनिबार २५ हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको छ । गत वर्ष अगस्ट २० मा हालसम्मकै उच्च झण्डै २६ हजार संक्रमित भएकोमा आज तेस्रो उच्च संख्यामा संक्रमित भएको हो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ५९ हजार ९ सय ७३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ४३ जना पुगेको छ । ४७ प्रान्त मध्ये ११ प्रान्त १ हजार भन्दा बढी र ३५ प्रान्त १ सय भन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ४ हजार ५ सय ६१, ओसाकामा ३ हजार ६ सय ९२, ओकिनावामा १ हजार ८ सय २९, खानागावामा १ हजार ५ सय ३८, आइचीमा १ हजार ४ सय ८०, हिरोसीमामा १ हजार २ सय १२, साईतामामा १ हजार १ सय ७३, ह्योगो १ हजार १ सय ९१, फुकुओकामा १ हजार ९८, चिबामा ९ सय ४५, क्योतोमा ७ सय २५ र होक्काईदोमा ६ सय ९५ जना संक्रमित थपिए । संक्रमितमध्ये २ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ भने ८१ हजार ७ सय ४८ जनाको उपचार भइरहेको छ ।
१७ लाख २४ हजार ६ सय सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार ८५ हजार ४ सय २१ जनाको पिसीआर परीक्षण गरिएको थियो।