धर्मशाला सेभेन स्टार जस्तो रहेछ: मन्त्री आले

-


     मर्दी न्युज    
     २ माघ २०७८ मा प्रकाशित


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालाको अवलोकन गरेका छन् ।

उनले अवलोकन गर्दै बतास अर्गनाइजेशनले सन्चालन गरेको पशुपति धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।

“समिति गठन भएको छ, हामीले प्रतिवेदन सार्वजनिक गर्नेछौँ । यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,” आलेले भने, “भोलि प्रतिवेदन आएपछि बताउँछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गर्नुभएको हो । २५ करोड भारतले लगानी गरेको छ । सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको हो । धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ ।”