प्रतिनिधिसभाको अर्को बैठक १६ गते बस्ने

-


     मर्दी न्युज    
     २ माघ २०७८ मा प्रकाशित


काठमाण्डौं । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।