
जापान । जापानमा आईतबार २५ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ८५ हजार ७ सय ३९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ४५ जना पुगेको छ । ४७ प्रान्त मध्ये १० प्रान्त १ हजार भन्दा बढी र ३४ प्रान्त १ सय भन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ४ हजार १ सय ७२, ओसाकामा ३ हजार ७ सय ६०, खानागावामा १ हजार ७ सय ५१, साईतामामा १ हजार ३ सय ९९, ह्योगो १ हजार ३ सय ४३, फुकुओकामा १ हजार २ सय ९०, चिबामा १ हजार २ सय सात, हिरोसीमामा १ हजार २ सय ८०, ओकिनावामा १ हजार २ सय २६, आइचीमा १ हजार १ सय ४१, क्योतोमा ८ सय ४७ र होक्काईदोमा ६ सय ९२ जना संक्रमित थपिए ।
संक्रमितमध्ये २ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७ सय ७२ जनाको उपचार भइरहेको छ ।
१७ लाख २८ हजार १ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार ८५ हजार ४ सय २१ जनाको पिसीआर परीक्षण गरिएको थियो।