पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना सङ्क्रमण

-


     मर्दी न्युज    
     ३ माघ २०७८ मा प्रकाशित


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेको सचिवालयले उनलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएको हो ।

यसै गरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

मन्त्री आलेको सचिवालयले केही दिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।