थप ६७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५४७ जना सङ्क्रमणमुक्त

-


     मर्दी न्युज    
     ३ माघ २०७८ मा प्रकाशित


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५४७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ सक्रिय सङ्क्रमित छन् ।