प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

-


     मर्दी न्युज    
     ३ माघ २०७८ मा प्रकाशित


जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाई मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएको थियो । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेको थियो ।