
काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।
सम्झौता उल्लंघन गरी सर्तहरु पालना नगरेकाले कानुन बमोजिम सम्झौता भंग गर्न समितिले सिफारिस गरेको हो ।
छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुवेदीले विभिन्न कारण देखाएर सम्झौता सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको बताए ।
“नेपाल भारतमैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति बिना गरिएको देखियो । बोलपत्र आह्वान गर्दा प्रतिष्पर्धीलाई सीमित गर्न कुनै फर्मलाई मात्र प्रतिष्पर्धा गर्नेगरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतो भएको हुन सक्ने देखिएको । कोष र होटल आनन्द प्रालिबीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पु¥याउने कर्मचारीलाई अनधिकृत सम्झौता कानुन सम्ममत भनी छापा तथा विद्युतीय माध्यममा पैवाह गर्ने तत्कालीन पदाधिकारी समेतलाई कारवाही गर्नुपर्ने देखिएको ।” समितिले सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ ।
