कर्म फ्लाइट्स फाउण्डेशन नेपाल पोखराद्धारा “काम को लागि नगद कार्यक्रम” सम्पन्न

-


     मर्दी न्युज    
     ४ माघ २०७८ मा प्रकाशित


पोखरा । कर्म फ्लाइट्स फाउण्डेशन नेपाल पोखरा र कर्म एड्भेन्चर्स एण्ड ट्रेक्सको संयुक्त सहकार्यमा कोभिड-१९ राहत स्वरुप “काम का लागि नगद कार्यक्रम” अन्तर्गत आज २६ जना पदयात्रा पथप्रदर्शक तथा पदयात्रा सहयोगीहरु लाई एक दिने रोजगारी स्वरुप पदयात्रा मर्मत तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

हेम्जा को मेलबोट बाट माछापुच्छ्रे गाउँपालिक वडा नं ६ को पर्यटकीय गाउँ अस्ताम आसपास का पदयात्रा बाटो मर्मत तथा अस्तामको खानेपानी पँधेरो मूल को सरसफाई गरेको संस्था का कार्यक्रम संयोजक राजु परियार ले बताए ।

सस्थाका कार्यसमिति सदस्य कुल प्रसाद अधिकारिको सभापतित्व, माछापुच्छ्रे गाउँपालिक वडा नं. ६ का वडा अध्यक्ष हरिश्चन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यता तथा कान्तिपुर दैनिकका कास्की सम्बाददाता दिपक परियारको बिशेष उपस्थिति रहेको औपचारिक कार्यक्रम संस्थाका कोषाध्यक्ष रेनुका कार्कीले संचालन गरेकी थिईन् ।

कोरोना महामारी को कारण श्रृजित विषम परिस्थितिमा पदयात्रा पर्यटनमा आश्रित अस्ताम गाउँ जन्मथलो भै पोखरामा रहेका विभिन्न ट्रेकिङ्ग कम्पनी र कर्म फ्लाइटस एडभेन्चर एण्ड ट्रेक्समा आश्रित आधारभूत तहका २६ जना पथ पर्दशकहरुलाई एक दिने कामको ज्याला स्वरुप रु १५१५ र खाजा रु १०० गरि प्रति व्यक्ति रु १६१५ गरि जम्मा रु ४१,९९० नगद वितरण गरिएकोमा काम गरेर आफ्नै गाउँघर पनि सरसफाई गरेर नगद प्राप्त गर्दा आफुलाई गर्व एवंम आत्मसम्मान प्राप्त भएको एक सहभागी हर्क परियारले बताए ।

कर्म फ्लाइट्स सँग एक समयमा पदयात्रा गर्न आएका अमेरिका का जिल बरोन परिवारले गाइडहरुको राहत को लागि उक्त रकम पठाइदिएको र सो रकम सृजनात्मक रुपले नितान्त निम्न बर्गीय गाइडहरुलाई वितरण गरिएकोमा प्रमुख अतिथी ढुंगाना ले संस्था को प्रशंशा गर्नुभयो भने र अस्तामका बासिन्दा कार्यक्रम संयोजक राजु परियारलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

सन् २०२० को सुरु देखि नै कोरोना महामारी को बिचमा कर्म फ्लाइट्स संस्थाले यसका सहयोगी तथा शुभचिन्तक हरुको सहकार्य तथा नेपाल सरकारका निकायको संयोजनमा विभिन्न चरणमा लक्षित बर्गलाई खाद्यान्न, काम तथा अत्यावस्यक औषधि जन्य सामाग्री हरु प्रदान गरि संकटमा बहन गर्नु पर्ने सामाजिक उत्तरदाइत्व निर्बाह गर्दै आएको संस्थाका कार्यक्रम निर्देशक प्रेम ब कुँवरले बताउनुभयो।

फोटाहरुः निको स्चोल्त्ज़