एकैदिन थप १०२५८ जनामा कोरोना सङ्क्रमण पुष्टि

-


     मर्दी न्युज    
     ४ माघ २०७८ मा प्रकाशित


पोखरा । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप १०२५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका १७ हजार ८७२ नमुनाको पीसीआर परीक्षण गर्दा ८७३० र ४९५६ नमुनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५६२ जना सङ्क्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३९ हजार ४४ सक्रिय सङ्क्रमित छन् ।