
काठमाडौँ । काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् ।
काठमाडौँबाट ६९ यात्रु लिएर नेपालगन्जका लागि उडेको बुद्ध एयरको कल साइन नं . 9N-AJX को जहाज नेपालगन्ज विमानस्थलमा झन्डै पौने घण्टापछि मात्र अवतरण भएको छ ।
बुद्ध एयरका अनुसार काठमाडौँबाट ७ः४४ बजे उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस भएको हो ।
यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । सो क्रममा काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भेटिएको र उनलाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर घर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् ।