ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना सङ्क्रमितको मृत्यु

-


     मर्दी न्युज    
     ६ माघ २०७८ मा प्रकाशित


रियो डि जेनेरियो । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् ।

उनीहरुका अनुसार यहाँ पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमणसँगै मृत्युको सङ्ख्या पनि अघिल्लो महिनाका तुलनामा बढिरहेको छ ।

यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठुलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।

यसैगरी यहाँ गएको २४ घन्टामा २ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्ममा २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा देखाइएको छ । रासस/सिन्ह्वा