लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

-


     मर्दी न्युज    
     ६ माघ २०७८ मा प्रकाशित


काठमाडौं । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो ।

देशव्यापी कोरोना सङ्क्रमण बढ्दै गएको र परीक्षार्थी तथा कर्मचारी नै सङ्क्रमित हुने क्रम बढिरहेकोले परीक्षा केही दिनका लागि सार्नुपर्ने आवाज उठेको थियो ।

यसैगरी त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र आगामी दिनमा हुने सबै तहका परीक्षाहरू पनि अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्रिविले कोरोना सङ्क्रमणको बढ्दो जोखिमको कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।