
जापान । जापानमा बिहीबार ४६ हजार १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमित संख्या हो, बुधबार ४१ हजार ४ सय ८५ जना संक्रमित भएका थिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख २६ हजार ५ सय ६१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप आठ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ८२ जना पुगेको छ ।
४७ प्रान्त मध्ये १३ प्रान्त १ हजार भन्दा बढी र ४० प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ८ हजार ६ सय ३८, ओसाकामा ५ हजार ९ सय ३३, आइचीमा ३ हजार ७४, ह्योगो २ हजार ४ सय ८३, खानागावामा ३ हजार ३ सय ३४, साईतामामा २ हजार ४ सय ५२, फुकुओकामा २ हजार २ सय २५, चिबामा १ हजार ५ सय ९६, हिरोसीमामा १ हजार ५ सय ६९ , होक्काईदोमा १ हजार ४ सय ३७, क्योतोमा १ हजार ३ सय २०, ओकिनावामा १ हजार ३ सय नौ र सिजुओकामा १ हजार ५० जना संक्रमित थपिए ।
संक्रमितमध्ये २ सय ८७ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ८३ हजार १ सय ६२ जनाको उपचार भइरहेको छ ।
१७ लाख ५९ हजार ६ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार १ लाख १६ हजार ८ सय ७८ जनाको पिसीआर परीक्षण गरिएको थियो।