काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागु हुँदै

-


     मर्दी न्युज    
     ७ माघ २०७८ मा प्रकाशित


फाइल फोटो

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा आज रातिदेखि जोरबिजोर प्रणाली लागु हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरूमा जोर बिजोर लागू गरिएको जनाइएको छ । यससँगै जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछन् ।

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको हो ।
औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।