प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

-


     मर्दी न्युज    
     ७ माघ २०७८ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफ्नो सरकारले गरेका काम/कारबाहीबारे पनि जानकारी गराउने भएका छन् ।

केही दिनअगाडि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरेका कामकारबाहीबारे प्रधानमन्त्रीले नै राष्ट्रका नाममा सम्बोधन गर्दै जानकारी गराउने पत्रकारहरूलाई बताएका थिए ।