
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ नमुनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ७६६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै सक्रिय संक्रमितको संख्या भने ६५ हजार ३७४ पुगेको छ।