जापानमा एकैदिन ५४ हजार बढीमा कोरोना संक्रमण पुष्टि, टोकियो मात्र ११ हजार बढी संक्रमित

-


     सन थापा    
     ८ माघ २०७८ मा प्रकाशित


जापान । जापानमा शनिबार ५४ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकदिनमा ५० हजार बढी संक्रमित भएको पहिलो पटक हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २१ लाख ३० हजार ९ सय ६३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप १७ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ५ सय नौजना पुगेको छ । 

४७ प्रान्त मध्ये १३ प्रान्त १ हजार भन्दा बढी र ४१ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ११ हजार २ सय २७, ओसाकामा ७ हजार ३ सय ७५, आइचीमा ३ हजार ४ सय ५७, खानागावामा ३ हजार ४ सय आठ, फुकुओकामा २ हजार ८ सय ३३, साईतामामा २ हजार ६ सय ९५, ह्योगो २ हजार ७ सय २७, चिबामा २ हजार २ सय ९६, होक्काईदोमा १ हजार ६ सय पाँच, हिरोसीमामा १ हजार ५ सय ८५, क्योतोमा १ हजार ५ सय ३३, ओकिनावामा १ हजार ३ सय १३र सिजुओकामा १ हजार १ सय ६२ जना संक्रमित थपिए । संक्रमितमध्ये ४ सय २४ जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ५२ हजार ७ सय ८६ जनाको उपचार भइरहेको छ । 

१७ लाख ८२ हजार १ सय ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार १ लाख ६ हजार २ सय ५६ जनाको पिसीआर परीक्षण गरिएको थियो।