
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जनाएको छ ।
शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने निर्णय भएको छ । अब चाँडै परीक्षा तालिका पनि सार्वजनिक हुने भएको छ ।
कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको हो ।