जापानमा दोस्रोदिन ५० हजार बढी कोरोना संक्रमित,१४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     ९ माघ २०७८ मा प्रकाशित


जापान, ९ माघ (जनवरी २३) । जापानमा आईतबार ५० हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकदिनमा ५० हजार बढी संक्रमित भएको लगातार दोस्रो दिन हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २१ लाख ८० हजार ९ सय ७५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप १४ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ५ सय २३ जना पुगेको छ । ४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी र ४० प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ९ हजार ४ सय ६८, ओसाकामा ६ हजार २ सय १९, खानागावामा ३ हजार ७ सय ९४, आइचीमा ३ हजार ५०, ह्योगो २ हजार ६ सय ८६, फुकुओकामा २ हजार ६ सय ४६, साईतामामा २ हजार ५ सय २५, चिबामा २ हजार ३ सय ८२, होक्काईदोमा १ हजार ५ सय ९१, हिरोसीमामा १ हजार ४ सय ७६, क्योतोमा १ हजार ४ सय ९७ र सिजुओकामा १ हजार १ सय ४६ जना संक्रमित थपिए ।

संक्रमितमध्ये ४ सय ३० जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख ९० हजार ६ सय ७१ जनाको उपचार भइरहेको छ ।

१७ लाख ९७ हजार ५ सय ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।