
पोखरा । युवाहरुको व्यक्तित्व बिकासको लागि उद्घोषण तथा भाषणकला तालिम भन्ने मुख्य नाराका साथ कर्म फ्लाइट्स फाउण्डेशन नेपाल पोखराले आफ्ना कार्यसमिति, साधारण सदस्य र कर्मचारीहरुलाइ लक्षित गरि पन्ध्र दिने उद्घोषण तथा भाषण कला तालिम कार्यक्रमको आज विधिवत रुपमा समापन गरेको छ ।
सोहि कार्यक्रममा कोरोना महामारीको प्रतिकार्यमा सहकार्य गर्ने गरि कर्म फ़्लाइट्स र नेपाल सोनरि नामक स्पेनी संस्था बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । सम्झौता अनुसार दुवै संस्थाले कोरोना महामारीको बेलामा आपतकालीन खाद्य बैंक माफत राहत को काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

संस्थाको कार्यालय परिसरमा आयोजित समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी को रुपमा बोल्दै संस्थाका सल्लाहकार तथा नेपाल नेत्रहिन बिद्यार्थी फाउण्डेशनका अध्यक्ष शिब लाल धितालले बिद्यार्थी केन्द्रित भएर गरिएको सिकाइ सार्थक सिकाइ हुने कुरा बताउदै प्रशिक्षार्थीहरुलाई आफुले सिकेका कुराहरुलाई निरन्तर अभ्यास गर्दै आफ्नो बोलीमा निखारता ल्याउन र जीबनमा सफल हुन सपना देख्नु पर्ने बताए ।
उक्त कार्यक्रममा कार्यक्रम संयोजक प्रेम बहादुर कुँवरले कार्यक्रमको बारेमा प्रकाश पार्दै संस्थाका सदस्य तथा कर्मचारीहरुले तालिमलाई गम्भीरता पुर्बक लिएर सिकेकोमा हार्दिक आभार प्रकट गरे । प्रमुख तालिम प्रशिक्षक अनुराग अधिकारीले जीबनमा सिक्दै अगाडि बढ्न को लागि बोल्नु पर्ने कुरा मा जोड दिदै जिबनमा बिशाल फल दिने वृक्ष बन्ने सपना देख्नु पर्ने बताए ।
सचिब शिब थापा (श्री) ले संचालन गरेको कार्यक्रम को अध्यक्ष्यता संस्थाका उपाध्यक्ष्य शर्मिला शर्माले गरेकी थिईन् भने तालिम बाट दीक्षित प्रशिक्षार्थीहरु अप्सरा केसी, प्रज्वल रंजित, अपि कुँवर, तारा कुँवर र रेनुका कार्कीले आ-आफ्नो अनुभव सुनाएका थिए । तालिम अगाडी आफु मान्छेहरु को अगाडी गई बोल्न आत्मविश्वास नआउने, हात खुटा काप्ने हुने गरेकोमा हाल यो तालिम पश्चात सिलसिलाबद्ध भएर बोल्न जानेमा राम्रै भाषण गर्न सकिदो रहेछ भन्ने आफ्नो अनुभूति भएको एक प्रशिक्षार्थी मिना कार्कीले बताईन् ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष शर्मिला शर्माले पन्ध्र दिवसिय उद्घोषण तथा भाषण कला तालिमले आफुमा नयाँ उर्जा र थप आत्माबिस्वास जगाएको, बोल्न सकिएन भने बोल्नेहरुद्वारा शासित हुनु पर्ने भएकोले मिलाएर निर्धक्क सँग आफ्नो कुरा राख्न सक्ने बनाउनुमा तालिम प्रशिक्षक सफल हुनुभएकोमा तालिम प्रदायक संस्था अनुपम म्योजिक पोखरा र प्रशिक्षक अनुराग अधिकारी लाइ हार्दिक धन्यबाद ज्ञापन गरेकी थिईन् ।
संस्थाका भाबि कार्यक्रमको बारेमा जानकारी दिदै सभाध्यक्ष शर्माले यस बर्ष पोखरा महानगर पालिका वार्ड नम्बर १६ क्येवोरेमा एक घर एक धारा खानेपानीपानी तथा सरसफाई योजना, बाग्लुङ्ग र गोरखाका चार बिद्यालयमा आइसिटि कम्प्युटर ल्याब निर्माण, रुकुममा ४ बिद्यालयमा एक बिद्यालय एक पुस्तकालय कार्यक्रम तथा बाग्लुङ्ग को अर्नाकोटमा प्रशुती कक्ष (बर्थिंग सेन्टर) निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

फोटोः निको स्चोल्त्ज़