१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     १० माघ २०७८ मा प्रकाशित


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ नमुनाको पीसीआर टेस्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेस्ट गर्दा २२६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५४० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० सक्रिय सङ्क्रमित छन् ।

यस्तै सोमबार ४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।