जापानमा सोमबार ४४ हजार बढी कोरोना संक्रमित, १७ जनाको मृत्यु

-


     सन थापा    
     १० माघ २०७८ मा प्रकाशित


जापान । जापानमा सोमबार ४४ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २२ लाख २५ हजार ७ सय ६९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप १७ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ५ सय ४० जना पुगेको छ । 

४७ प्रान्त मध्ये ११ प्रान्त १ हजार भन्दा बढी र ४२ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ८ हजार ५ सय तीन, खानागावामा ५ हजार २ सय ७६, ओसाकामा ४ हजार ८ सय तीन, साईतामामा ३ हजार १ सय ३१, चिबामा २ हजार ७ सय ६०, आइचीमा २ हजार ४  ९२, फुकुओकामा २ हजार १३, ह्योगो १ हजार ८ सय ४१, होक्काईदोमा १ हजार ५ सय ८९, हिरोसीमामा १ हजार ५६ र क्योतोमा १ हजार १२ जना संक्रमित थपिए । संक्रमितमध्ये ४ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख २२ हजार १ सय जनाको उपचार भइरहेको छ । 

१८ लाख १४ हजार ७ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

यसैबिच सरकारले थप १८ प्रान्तमा अर्धआपतकालीन अवस्था लागू गर्ने भएको छ । होक्काईदो, आओमोरी, यामागाता, फुकुशीमा, तोचिगी, इबाराकी, नागोना, सिजुओका, इशिखावा, ओसाका, क्योतो, ह्योगो, ओकायामा, सिमाने, फुकुओका,ओइता, सागा र खागोसीमा  प्रान्तमा अर्धआपतकाल जारी हुने भएको हो । 

प्रधानमन्त्री फुमियो किशिदाले मंगलबार सरोकारवाला निकाय र विज्ञहरूसँग परामर्श गरी औपचारिक निर्णय गरिने जनाईएको छ ।