जापानमा ६२ हजार बढीमा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

-


     सन थापा    
     माघ ११ गते २०७८ मा प्रकाशित


जापान । जापानमा मंगलबार ६२ हजार ६ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमण संख्या हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २२ लाख ८८ हजार ३ सय ६२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप ३९ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ५ सय ८० जना पुगेको छ । 

४७ प्रान्त मध्ये १३ प्रान्त १ हजार भन्दा बढी र तोकुसीमा बाहेक सबै प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा १२ हजार ८ सय १३, ओसाकामा ८ हजार ६ सय १२, खानागावामा  ४ हजार १ सय ३१, आइचीमा ४ हजार १ सय २०, फुकुओकामा ३ हजार ३ सय ८९, ह्योगो ३ हजार ३ सय ६०, चिबामा ३ हजार २ सय ५१, साईतामामा ३ हजार १ सय ६६, क्योतोमा १ हजार ६ सय २२, होक्काईदोमा १ हजार ५ सय ३६,  सिजुओकामा १ हजार ३ सय ३६,  ओकिनावामा १ हजार १ सय ७५ र हिरोसीमामा १ हजार ९९ जना संक्रमित थपिए । 

संक्रमितमध्ये ४ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ४४ हजार ६२ जनाको उपचार भइरहेको छ । 

१८ लाख ३९ हजार ५ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।