यस्तो छ आजको मौसम

-


     मर्दी न्युज    
     १२ माघ २०७८ मा प्रकाशित


पोखरा । आज देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज बिहान सुदूरपश्चिम र गण्डकी प्रदेशको मौसममा सामान्य बदली रहेको छ । त्यस्तै बाँकी प्रदेशको मौसममा आँशिक बदली रहेको तथा सुदूरपश्चिमका एक, दुई स्थानमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्यतया बदली रहने महाशाखाले जानकारी दिएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

आज राति पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।