
जापान । जापानमा बुधबार ७१ हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमण संख्या हो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २३ लाख ५९ हजार ९ सय ६६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप ३४ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ६ सय १७ जना पुगेको छ ।
४७ प्रान्त मध्ये १४ प्रान्त १ हजार भन्दा बढी र ईवातेमा बाहेक सबै प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा १४ हजार ८६, ओसाकामा ९ हजार ८ सय १३, खानागावामा ४ हजार ७ सय ९४, आइचीमा ४ हजार ६ सय ६३, ह्योगो ४ हजार ३ सय तीन, साईतामामा ३ हजार ८ सय ९०, फुकुओकामा ३ हजार ६ सय १५, चिबामा २ हजार ६ सय २१, क्योतोमा २ हजार २ सय १६, होक्काईदोमा २ हजार ९१, सिजुओकामा १ हजार ४ सय ६१, ओकिनावामा १ हजार २ सय ५६, हिरोसीमामा १ हजार २ सय ५२ जना र कुमामोतोमा १ हजार १८ जना संक्रमित थपिए । संक्रमितमध्ये ४ सय ७० जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख
७५ हजार ६ सय ९७ जनाको उपचार भइरहेको छ ।
१८ लाख ६० हजार ५ सय एकजना कोरोना संक्रमण मुक्त भएका छन् । सोमबार १ लाख १० हजार ६० जनाको पिसीआर परीक्षण गरिएको थियो ।
३४ प्रान्तमा अर्धआपतकालीन अवस्था
यसैबिच सरकारले जनवरी २७ देखि फेब्रुवरी २० सम्म लागू हुनेगरी होक्काईदो, आओमोरी, यामागाता, फुकुशीमा, तोचिगी, इबाराकी, नागोना, सिजुओका, इशिखावा, ओसाका, क्योतो, ह्योगो, ओकायामा, सिमाने, फुकुओका,ओइता, सागा र खागोसीमा गरी १८ प्रान्तमा अर्धआपतकालीन अवस्था जारी गर्ने भएको छ ।
यसअघि टोकियो, खानागावा, साईतामा, चिबा, गुन्मा, निगाता, आईची, गिफु, मिए, खागावा, नागासाकी, कुमामोतो र मियाजाकी, यामागुची, हिरोसीमा र ओकिनावा गरी १६ प्रान्तमा अर्धआपतकालीन जारी गरिसकेको छ ।