राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

-


     मर्दी न्युज    
     १३ माघ २०७८ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको थियो।