थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     १३ माघ २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्‍यु भएको छ भने ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित रहेका छन् ।