
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७१७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ५५ जनामा गरिएको नमुना परीक्षण गर्दा ७१७ जनामा कोरोना पुष्टि भएको हो ।
बिहीबार कोरोना संक्रमण पुष्टि हुनेमा कास्कीका २८९ जना, बाग्लुङका ११७ जना, स्याङ्जाका ९९ जना, लमजुङका ५६ जना, पर्वतका ४५ जना, तनहुँका ३९ जना, म्याग्दीका ३२ जना, नवलपुरका ३० जना, गोरखाका नौ जना र मुस्ताङ जिल्लाका १ जना रहेका छन । आज संक्रमण पुष्टि थपिएसँगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ७ हजार ३६८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७८ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । बिहीबार मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -३३ निवासी ५९ वर्षिय पुरुष र पोखरा -९ निवासी ६४ वर्षीय पुरुष छन्।
योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३५ पुगेको निर्देशनालयले जनाएको छ ।
