जापानमा बिहीबार झण्डै ७९ हजार जना संक्रमित, ३४ प्रान्तमा अर्धआपतकाल लागू

-


     सन थापा    
     १३ माघ २०७८ मा प्रकाशित


जापान । जापानमा बिहीबार ७८ हजार ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमण संख्या हो । 

कोरोना संक्रमण गत हप्ताको तुलनामा दोब्बर वृद्धि भएपछि सरकारले आजदेखि फेब्रुवरी २० सम्म लागू हुनेगरी होक्काईदो, आओमोरी, यामागाता, फुकुशीमा, तोचिगी, इबाराकी, नागोना, सिजुओका, इशिखावा, ओसाका, क्योतो, ह्योगो, ओकायामा, सिमाने, फुकुओका,ओइता, सागा र खागोसीमा गरी १८ प्रान्तमा अर्धआपतकालीन अवस्था जारी गरेको छ । 

यसअघि टोकियो, खानागावा, साईतामा, चिबा, गुन्मा, निगाता, आईची, गिफु, मिए, खागावा, नागासाकी, कुमामोतो र मियाजाकी, यामागुची, हिरोसीमा र ओकिनावा गरी १६ प्रान्तमा अर्धआपतकालीन अवस्था जारी गरिसकेको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २४ लाख ३८ हजार ८ सय ६१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप ४७ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ६ सय ६४ जना पुगेको छ । 

४७ प्रान्त मध्ये १५ प्रान्त १ हजार भन्दा बढी र सीमानेमा बाहेक सबै प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा १६ हजार ५ सय ३८, ओसाकामा ९ हजार ७ सय ११, खानागावामा  ५ हजार ९ सय ५९, आइचीमा ५ हजार १ सय ६०, ह्योगो ४ हजार ३ सय तीन, फुकुओकामा ३ हजार ९ सय ५५, साईतामामा ३ हजार ८ सय ६९, चिबामा ३ हजार ८ सय दुई, होक्काईदोमा २ हजार ८ सय ५६, क्योतोमा १ हजार ७ सय २८, सिजुओकामा १ हजार ६ सय ५०,  हिरोसीमामा १ हजार १ सय दुई, कुमामोतोमा १ हजार २ सय ८१? गुन्मा र ओकिनावामा १ हजार १ सय जना संक्रमित थपिए । 

संक्रमितमध्ये ५ सय ३७ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख १५ हजार ८ सय छ जनाको उपचार भइरहेको छ । 

१८ लाख ९२ हजार ७ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार १ लाख ३४ हजार ६ सय ४६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।