
काठमाडौं । शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार गठबन्धन बैठक तय गरेको हो।
प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शीर्ष नेताको बैठकले शनिबारका लागि गठबन्धनको बैठक तय गरेको हो। ‘शनिबार गठबन्धनको बैठक बस्ने तय भएको छ’, देउवाले भने, ‘समय भोलि नै तय हुनेछ।’
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी निर्वाचनको विषयमा शीर्ष नेताबीच छलफल भएको थियो ।