जापानमा एकैदिन ८१ हजार बढीमा संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

-


     सन थापा    
     १४ माघ २०७८ मा प्रकाशित


जापान । जापानमा शुक्रबार ८१ हजार ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमण संख्या हो । बिहीबार ७८ हजार ९ सय १३ जना संक्रमित भएका थिए ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २५ लाख २० हजार ६ सय ४६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

त्यस्तै थप ४३ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ७ सय सातजना पुगेको छ । संक्रमितमध्ये ६ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ५९ हजार ९ सय ८० जनाको उपचार भइरहेको छ । 

१९ लाख १९ हजार ९ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । बुधबार १ लाख ७ हजार २ सय ४३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू 

४७ प्रान्त मध्ये १६ प्रान्त १ हजार भन्दा बढी र सीमानेमा बाहेक सबै प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा १७ हजार ७ सय ३१, ओसाकामा १० हजार १३, खानागावामा  ६ हजार ४ सय ६९, आइचीमा ५ हजार २ सय ६७, ह्योगो ४ हजार ३ सय ४२, साईतामामा ४ हजार १ सय ९३ रहेका छन् । 

त्यसैगरि फुकुओकामा ३ हजार ८ सय ७०, चिबामा ३ हजार ७ सय ४५, होक्काईदोमा २ हजार ७ सय ७५, क्योतोमा २ हजार ६५, सिजुओकामा १ हजार ६ सय २६,  हिरोसीमामा १ हजार ५ सय ९९, कुमामोतोमा १ हजार १ सय २३, गुन्मा ओकिनावामा १ हजार ७३, गुन्मामा १ हजार १५ र नारामा १ हजार चार जना संक्रमित थपिए ।