
काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठकले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो। जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड भएपछि त्यसको व्यापक विरोध भएको थियो।