
जापान । जापानमा शनिबार ८४ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमण संख्या हो । शुक्रबार ८१ हजार ७ सय ९६ जना संक्रमित भएका थिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २६ लाख ५ हजार ५ सय ४२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप ४३ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ७ सय ५० जना पुगेको छ । संक्रमितमध्ये ७ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ३० हजार १ सय ३३ जनाको उपचार भइरहेको छ ।
१९ लाख ५९ हजार ९ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार १ लाख ५ हजार ९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १४ प्रान्त १ हजार भन्दा बढी र सीमानेमा बाहेक सबै प्रान्त १ सय भन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १७ हजार ४ सय ३३, ओसाकामा १० हजार ३ सय ८३, खानागावामा ८ हजार ६ सय ९९, आइचीमा ५ हजार ६ सय १३, फुकुओकामा ४ हजार ९ सय ४९, ह्योगो ४ हजार ६ सय ३४, साईतामामा ३ हजार ८ सय २७, चिबामा ३ हजार ३ सय ६५, होक्काईदोमा ३ हजार दुई, क्योतोमा २ हजार ७ सय ५४, सिजुओकामा १ हजार ६ सय तीन, हिरोसीमामा १ हजार ३ सय ५६, गुन्मामा १ हजार ९९, कुमामोतोमा १ हजार ४० जना संक्रमित थपिए ।