निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन

-


     मर्दी न्युज    
     माघ १७ गते २०७८ मा प्रकाशित


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि बुझाएको हो ।