
जापान । जापानमा सोमबार ६० हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २७ लाख ४४ हजार ६ सय ९९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप ४८ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ८ सय २८ जना पुगेको छ । संक्रमितमध्ये ७ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ८० हजार ३ सय ४२ जनाको उपचार भइरहेको छ ।
२० लाख ४५ हजार ६ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।