
जापान । जापानमा मंगलबार ८१ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २८ लाख २६ हजार ३ सय तीनजना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप ७९ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ८ सय ९७ जना पुगेको छ । संक्रमितमध्ये ८ सय चार जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ९५ हजार ४ सय १०जनाको उपचार भइरहेको छ ।
२० लाख ९७ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १६ प्रान्त १ हजार भन्दा बढी र सिमाने बाहेक सबै प्रान्त १ सय भन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १४ हजार ४ सय पाँच, ओसाकामा ११ हजार ८ सय ८१, खानागावामा ७ हजार ४ सय ५९, आइचीमा ५ हजार ७ सय ५१, ह्योगो ४ हजार ९ सय ४४, साईतामामा ४ हजार ५ सय ६५, फुकुओकामा ४ हजार ५ सय नौ, चिबामा ३ हजार ४ सय ८९, होक्काईदोमा २ हजार ६ सय ६०, क्योतोमा १ हजार ९ सय ५१, सिजुओकामा १ हजार ५ सय १५, गुन्मामा १ हजार १ सय ७२, कुमामोतोमा १ हजार ९२, हिरोशिमामा १ हजार ५५ र ओकायामामा १ हजार ५५ जना संक्रमित थपिए ।