सातवटै प्रदेशमा फैलियो ओमिक्रोन, थप २१ जनामा पुष्टि

-


     मर्दी न्युज    
     माघ १९ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रका अनुसार देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको निज सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको हो। थप तीन जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ। यो तथ्यले देशका सातै प्रदेशमा ओमिक्रोन फैलिएको पुष्टि भएको उनको भनाइ छ।

त्यस्तै २४ घण्टामा पीसीआर परीक्षणबाट तीन हजार २०५ र एन्टीजेन परीक्षणबाट १४ सय ३२ गरेर तीन हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७५५५ जना कोरोना सङ्क्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।