
जापान । जापानमा बिहीबार ९६ हजार ८ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३० लाख २५ हजार ६ सय १८ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप ९० जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार ७० जना पुगेको छ । संक्रमितमध्ये ९ सय ११ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ६२ हजार ६५ जनाको उपचार भइरहेको छ ।
२१ लाख ९६ हजार १ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
मंगलबार १ लाख २३ हजार ४८ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १६ प्रान्त १ हजार भन्दा बढी र सिमाने र तोत्तोरी बाहेक अन्य प्रान्त १ सय जना संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा २० हजार ६ सय ७९, ओसाकामा ११ हजार ९ सय ९०, खानागावामा ७ हजार ९०, ह्योगोमा ६ हजार ५ सय दुई, आइचीमा ५ हजार ८ सय २७, साईतामामा ५ हजार ६ सय २७, फुकुओकामा ५ हजार २ सय ७२, चिबामा ४ हजार ६ सय ५९, होक्काईदोमा ३ हजार ७ सय ८८, क्योतोमा २ हजार ४ सय ७२, सिजुओकामा १ हजार ६ सय ९७, ईबाराकीमा १ हजार ३ सय ७४, ओकायामामा १ हजार ३ सय सात, गुन्मामा १ हजार १ सय ९४, हिरोशिमामा १ हजार १ सय ७९ र मिएमा १ हजार १३ जना संक्रमित थपिए ।