
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९२४ जनामा गरी २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् ।