जापानमा ९५ हजार बढी संक्रमित थपिए, १०१ जनाको मृत्यु

-


     सन थापा    
     माघ २१ गते २०७८ मा प्रकाशित


जापान । जापानमा शुक्रबार ९५ हजार ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३१ लाख २३ हजार ८ सय ९० जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

त्यस्तै थप १ सय एक जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार १ सय ७१ जना पुगेको छ । 

संक्रमितमध्ये १ हजार ४२ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख १३ हजार ३ सय ७२ जनाको उपचार भइरहेको छ । 

२२ लाख ४६ हजार ८ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । बुधबार १ लाख २२ हजार १ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्त मध्ये १७ प्रान्त १ हजार भन्दा बढी र सिमाने बाहेक सबै प्रान्त १ सय जना संक्रमित भए । 

सबैभन्दा बढी टोकियोमा १९ हजार ७ सय ९८, ओसाकामा १० हजार ६ सय ४०, खानागावामा ९ हजार ३२, आइचीमा ६ हजार २ सय एक, ह्योगोमा ५ हजार ५ सय ९८, चिबामा ५ हजार ५ सय १८, फुकुओकामा ५ हजार १ सय २०, साईतामामा ४ हजार ५ सय ९३, होक्काईदोमा ३ हजार ५ सय ४३, क्योतोमा २ हजार ८ सय ७८, सिजुओकामा १ हजार ७ सय ९९, ईबाराकीमा १ हजार ४ सय ४५, हिरोशिमामा १ हजार २ सय ३३, सिगामा १ हजार १ सय २९ ओकायामा र गुन्मामा १ हजार ४१ र नारामा १ हजार १७ जना संक्रमित थपिए ।