पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     २२ माघ २०७८ मा प्रकाशित


अर्जेन्टिना । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

आरपीपी प्रसारकका अनुसार विमानले पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउनको लागि बोकेको थियो जुन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो ।

सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ। दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । रासस- एएनआई/स्पुतनिक