जीप दुर्घटनामा दुईको मृत्यु

-


     मर्दी न्युज    
     माघ २२ गते २०७८ मा प्रकाशित


स्याङ्जा । आज बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

जीप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ । घटनास्थलबाट प्रहरीले शव सङ्कलन गरी शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।