
जापान । जापानमा शनिबार १ लाख ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन १ लाख नाघेको पहिलो पटक हो भने हालसम्मकै उच्च रेकर्ड हो । यसअघि फेब्रुवरी ३ मा ९९ हजार ७ सय ५२ जना संक्रमित भएका थिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३२ लाख २६ हजार २ सय एक जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप १ सय १६ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार २ सय ८८ जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार ९९ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ३९ हजार १ सय ९८ जनाको उपचार भइरहेको छ ।
२३ लाख १५ हजार १ सय ८६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
बिहीबार १ लाख १८ हजार १ सय ७० जनाको पिसीआर परीक्षण गरिएको थियो ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १६ प्रान्त १ हजार भन्दा बढी र सिमाने बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा २१ हजार १ सय २२, ओसाकामा १० हजार ९ सय १८, खानागावामा ९ हजार ९७, साईतामामा ७ हजार ३ सय ५८, आइचीमा ६ हजार ४ सय ४५, ह्योगोमा ५ हजार ८ सय ५५, चिबामा ४ हजार ७ सय १६, फुकुओकामा ५ हजार ६ सय सात, होक्काईदोमा ४ हजार ४६, क्योतोमा २ हजार ६ सय ४९, सिजुओकामा २ हजार ६९, ईबाराकीमा १ हजार ५ सय ५५, ओकायामामा १ हजार ४ सय ५८, हिरोशिमामा १ हजार २ सय ७७, गुन्मामा १ हजार १ सय ७२ र नारामा १ हजार १६ जना संक्रमित थपिए ।