
जापान । जापानमा आइतबार ८९ हजार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ लाख १६ हजार १ सय २२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप ६८ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार ३ सय ५७ जना पुगेको छ । संक्रमितमध्ये १ हजार १ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ८८ हजार ८ सय आठ जनाको उपचार भइरहेको छ ।
२३ लाख ८५ हजार ६ सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १४ प्रान्त १ हजार भन्दा बढी साथै सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १७ हजार ५ सय २६, ओसाकामा १२ हजार ५ सय ५५, खानागावामा ८ हजार १ सय ११, साईतामामा ६ हजार २ सय १६, ह्योगोमा ५ हजार ३ सय ८६, चिबामा ५ हजार १ सय १३, आइचीमा ४ हजार ६ सय ९७, फुकुओकामा ३ हजार ९ सय ४६, होक्काईदोमा ३ हजार ४ सय ६४, क्योतोमा २ हजार ५ सय ९३, ईबाराकीमा १ हजार ६ सय ६८, सिजुओकामा १ हजार ४ सय ६५, हिरोशिमामा १ हजार १ सय नौ र ओकायामामा १ हजार ३९ जना संक्रमित थपिए ।