
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रख्यात गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधानमन्त्री देउवाले ट्विट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिएकी भारतीय गायिका लता मंगेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले दिवंगत मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । रासस