देशभर आंशिकदेखि सामान्य बदली

-


     मर्दी न्युज    
     माघ २४ गते २०७८ मा प्रकाशित


पोखरा । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।

यस्तै आज राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका तराई भू-भागमा बिहान हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।