
जापान । जापानमा सोमबार ६८ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार १ सय १६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप ११३ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार ४ सय ७० जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार १ सय ४३ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ९९ हजार ८ सय ९१ जनाको उपचार भइरहेको छ ।
२१ लाख ५१ हजार २ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १३ प्रान्त १ हजार भन्दा बढी र ४३ प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १२ हजार २ सय ११, ओसाकामा ८ हजार ३ सय आठ, खानागावामा ६ हजार ५ सय ५८, साईतामामा ५ हजार ७ सय २२, चिबामा ४ हजार ६ सय ९५, आइचीमा ४ हजार १ सय नौ, ह्योगोमा ३ हजार ४ सय ५९, फुकुओकामा ३ हजार १ सय ९१, होक्काईदोमा २ हजार ६ सय ८७, क्योतोमा २ हजार २ सय ५९, ईबाराकीमा १ हजार ४ सय ८७, सिजुओकामा १ हजार २३ र शिगामा १ हजार १९ जना संक्रमित थपिए ।