
जापान । जापानमा मंगलबार ९२ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३४ लाख ८५ हजार २ सय ४५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप १ सय ५५ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार ६ सय २५ जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार १ सय ४१ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३ हजार १ सय ७६ जनाको उपचार भइरहेको छ ।
२५ लाख २६ हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १७ प्रान्त १ हजार भन्दा बढी र सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १७ हजार १ सय १३, ओसाकामा ११ हजार ४ सय नौ, खानागावामा ८ हजार ८ सय १०, ह्योगोमा ६ हजार ३ सय २४, साईतामामा ६ हजार २७, आइचीमा ५ हजार ८ सय ५५, चिबामा ५ हजार ९१, फुकुओकामा ४ हजार ८ सय १२, होक्काईदोमा २ हजार ८ सय ७९, क्योतोमा २ हजार १ सय ४०, सिजुओकामा २ हजार ६८, शिगामा १ हजार ३ सय ८९, ईबाराकीमा १ हजार २ सय ६१, नारामा १ हजार १ सय ८८, र गुन्मामा १ हजार ३३, कुमामोतोमा १ हजार ३० र गिफुमा १ हजार ११ जना संक्रमित थपिए ।